

विराटनगर विराटनगरको कवाडी गोदाममा भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ ।
आज दिउँसो भएको आगलागीमा परी घाइते भई अस्पतालमा उपचार गराइरहेका ५ जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डल र २ महिला गर्री ३ जनाको मृत्यु भएका छन् । एकजनामहिला आगोमै जलेर मृत्यु भएको हो ।
उपचार गराईरहेका १ जनाको अवस्था गम्भीर तथा २ जनाको अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैँचा, देवानगञ्ज,बर्जु गाउँपालिकाको दमकल, स्थानीय , नेपाल प्रहरी, शस्सत्र प्रहरी, र नेपाली सेनाको टोलिको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।