सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Logo
जय कामत प्रकाशित शुक्रबार, फाल्गुण ०१, २०८२

विराटनगर – सशस्त्र प्रहरी बल, नेपालले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्रका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार साँझ सुनसरी गाउँपालिका–३ जमुवा सीमा नाकाबाट ३६ वर्षीय राम थेलन पासवान पक्राउ परेका हुन्। भारत अररिया ग्राम पञ्चायत–४ निवासी पासवान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका थिए।
उनको साथबाट इटालीमा बनेको एक थान पेस्तोल, तीन राउन्ड गोली, ब्राउन सुगरजस्तो देखिने १०० ग्राम पदार्थ, ७ हजार ५ रुपैयाँ, ९ हजार ३८० भारतीय रुपैयाँ र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि जाँचलाई तीव्र बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश