नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा तथा ग्राहक संरक्षण कोषको रकम वितरण

Logo
जय कामत प्रकाशित आइतबार, पुष २०, २०८२

विराटनगर – नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बरगाछीले बीमा तथा ग्राहक संरक्षण कोषअन्तर्गत दुई सदस्य परिवारलाई राहत रकम वितरण गरेको छ।

संस्था अन्तर्गत केन्द्र नं. १३१, विराटनगर–६ की सदस्य पुनिता सहनीका श्रीमानको निधन तथा केन्द्र नं. ११९, दुहबी–७ की सदस्य लियान कुमारी थारूको असामयिक निधन भएपछि पीडित परिवारलाई आर्थिक सहयोगस्वरूप उक्त रकम प्रदान गरिएको हो।

रकम वितरण कार्यक्रम प्रदेश प्रमुख श्री शम्भु घिसिङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी रामप्रसाद ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा केन्द्रका सदस्यहरू, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बीमा तथा ग्राहक संरक्षण कोषबाट पुनिता सहनीको परिवारलाई रु. ३ लाख २५ हजार तथा लियान कुमारी थारूको परिवारलाई रु. १ लाख १० हजार नगद रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। उक्त अवसरमा बोल्दै प्रमुख अतिथि घिसिङ्गले दुःखको घडीमा वित्तीय संस्थाबाट प्राप्त यस्तो सहयोगले पीडित परिवारलाई ठूलो राहत मिल्ने बताउनुभयो।

संस्थाले आफ्ना सदस्य तथा उनका परिवारलाई आकस्मिक जोखिमबाट जोगाउन बीमा तथा ग्राहक संरक्षण कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश