संविधान सही ट्रयाकमा फर्काउन फागुन २१ मै निर्वाचन आवश्यक : गगन थापा

Logo
जय कामत प्रकाशित सोमबार, पुष ०७, २०८२

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई सही मार्गमा ल्याउन फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन अपरिहार्य रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा बढेको अनिश्चय चिर्न तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले निर्वाचनको परिणाम आफ्नो पक्षमा अनुकूल वा प्रतिकूल हुने विषय गौण रहेको उल्लेख गर्दै अहिलेको मुख्य प्राथमिकता नयाँ जनादेशसहित सरकार गठन गर्नु भएको बताए । संविधान निर्धारित ट्रयाकभन्दा बाहिर गएको भन्दै निर्वाचनमार्फत नयाँ संसदको जन्म भई विधिसम्मत ढंगले राज्यका काम अघि बढ्ने उनको धारणा थियो ।
उनले समयमै निर्वाचन हुन नसके मुलुक पुनः ठूलो अनिश्चयको भुमरीमा फस्न सक्ने चेतावनी दिँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि सबै सरोकारवालालाई गम्भीर र जिम्मेवार हुन आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश