प्रधानमन्त्री कार्की र सभापति लामिछानेबीच बालुवाटारमा भेटवार्ता

Logo
जय कामत प्रकाशित आइतबार, पुष ०६, २०८२

विराटनगर— प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। सभापति लामिछाने उपसभापति डीपी अर्याल र नेता स्वर्णिम वाग्लेसँगै प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका हुन्।
सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका लामिछाने र प्रधानमन्त्री कार्कीबीचको यो पहिलो भेट हो। रिहापछि आजै पार्टी कार्यालय पुगेका लामिछानेले वर्तमान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, सरकार–पार्टी सहकार्य र आगामी कार्यदिशाबारे छलफल भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश