नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको मृत्यु

Logo
जय कामत प्रकाशित आइतबार, पुष ०६, २०८२

विराटनगर – मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजकै इमर्जेन्सी कक्षमा ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक चरणमा मृतकको पहिचान खुल्न नसके पनि थप अनुसन्धानपछि सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरीका ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादव नोबेल मेडिकल कलेजमा १०औँ ब्याचका एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए। मृतकका बाबु शम्भु प्रसाद यादवका अनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै आएका थिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङलका प्रवत्ता कोपिला चुडालले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश