विराटनगर-झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा मंसिर २२ गते प्रहरीले विशेष चेकजाँच तथा निगरानीका क्रममा गरी लागू औषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कुमरखोद, झापाबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल प्रवेश गर्दै गरेका दमक–१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
यस्तै, मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी–३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
सुनसरीमा अस्थायी प्रहरी पोष्ट तिनकुनेले चेकजाँचका क्रममा धरान–४ की प्रमिला राईलाई प्रतिबन्धित औषधि ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित पक्राउ गरेको छ। सोही मुद्दामा थप अनुसन्धान गर्दै जाँदा कारोबारमा संलग्न रहेको आरोपमा धरान–८ का ६६ वर्षीय टेकबहादुर तामाङलाई समेत उनलाई घर कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङको कोठाबाट ट्रामोल १,०२० क्याप्सुल, स्पास्पेन १,०१० ट्याब्लेट तथा नगद १ लाख ४७ हजार ६ सय रुपैयाँ बरामद गरिएको छ।
लागू औषध तथा प्रतिबन्धित पदार्थसहित पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।