लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण : छिमेकी पक्राउ

Logo
जय कामत प्रकाशित आइतबार, मंसिर २२, २०८२

विराटनगर -मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मोरङ प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को निरन्तर प्रयासपछि शव भेटिएको झण्डै डेढ महिनापछि स्थानीय पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। अधिकारी मृतक बालिकाकै छिमेकी रहेको बताइएको छ।

असोज २१ गतेदेखि बेपत्ता रहेकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा कुहिएको अवस्थामा फेला परेको थियो। हत्यारा नखोजिँदा मोरङ प्रहरीका लागि घटना ठूलो चुनौती बनेको थियो। बेपत्ता भएको ६० दिन र शव फेला परेको ४३ दिनपछि, मंसिर १९ गते शुक्रबार अधिकारी पक्राउ परेका हुन्।

शुक्रबार नै पक्राउ परे पनि थप अनुसन्धानका कारण प्रहरीले उनलाई अझै सार्वजनिक गरेको छैन। स्रोतका अनुसार अधिकारीका मृतक बालिकाभन्दा २ वर्ष कान्छी नातिनीसमेत छन्। करिब ५२–५५ वर्ष उमेरका अधिकारी खोजतलासका क्रममा गाउँलेहरूसँगै अघिअघि हिँडेको स्थानीयले बताएका छन्।

शव फेला परेपछि अधिकारी भारततर्फ गएका थिए। प्रहरीको लगातार सम्पर्क र फकाइफकाउपछि नेपाल फर्किएको बेला उनलाई पक्राउ गरिएको बुझिएको छ। “छिमेकी भएकाले हत्यारा पत्तालगाउन सहयोग गर्नुहोस् भनेर प्रहरीले बोलाएपछि मात्र उनी नेपाल आएका हुन्,” स्थानीय स्रोतले बतायो, “नआएको भए प्रहरी नै भारत जाने तयारीमा थियो।”

हत्यारा नपुगेको भन्दै मृतक परिवारले अंशुको शव अझै बुझिसकेका छैनन्। आज शव फेला परेको ४५ दिन र बालिका घरबाट हराएको ६२ दिन पुगेको छ।

घटना अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, डीएसपी कोपिला चुडाल, प्रहरी निरीक्षक सरोज खनाल, प्रदेश प्रहरी कार्यालयका डिएसी दुर्गा दाहाल तथा सिआईबीको विशेष टोली समेत लामो समयदेखि खटिएका थिए।

मोरङ प्रहरीले पनि अभियुक्त पक्राउ परेको पुष्टि गर्दै उनलाई आज नै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश