प्रधानमन्त्री कार्कीको कडा चेतावनी : ‘भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा रोकिँदैन’

Logo
जय कामत प्रकाशित बुधबार, मंसिर १८, २०८२

विराटनगर— प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुरु गरेको सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियान कुनै परिस्थितिमा नरोकिने चेतावनी दिएकी छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले, “हामी रोकिँदैनौँ,” भन्ने कडा सन्देश सार्वजनिक गरेकी हुन्।

बुधबार आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन तयारीसँगै सुशासन अभियान पनि समानान्तर रूपमा अघि बढाइएको बताइन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण स्वतन्त्र वातावरण प्रदान गरिएको दाबी गर्दै ठूला काण्डहरूको छानबिन पनि तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले नयाँ आयोग गठनको आवश्यकता नरहेको भन्दै विद्यमान संरचनाले नै प्रभावकारी रूपमा अनुसन्धानको दायरा विस्तार गरिरहेको बताइन्। “युवाहरूको बलिदान व्यर्थ जान दिने छैनौँ। छानबिन निकायहरूलाई दलीय प्रभावबाट मुक्त गर्दै थप सक्षम बनाइनेछ,” उनले भनिन्।

यसैबीच, प्रधानमन्त्रीसँगको भेटमा सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलले जेनजी आन्दोलनका मागहरू चाँडो सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। प्रतिनिधिमण्डलले आन्दोलनको मूल भावना कार्यान्वयन र युवाहरूको आवाजलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको बताइएको छ।

सरकारको दाबी र आन्दोलन पक्षका मागलगत्तै सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियान आगामी दिनमा अझ बलियो रूपले अघि बढ्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश