नेकपा एमाले अध्यक्ष ओलीको भनाइः अपांगता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणमा परिवर्तन

Logo
जय कामत प्रकाशित बुधबार, मंसिर १८, २०८२

विराटनगर – अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यवस्थापन गरेको सामाजिक सुरक्षा भत्ताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको बताएका छन्।

अध्यक्ष ओलीले अपांगता भएका व्यक्तिहरूलाई राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिमा संगठित गर्दै अघि बढाउन पार्टी प्रतिवद्ध रहेको उल्लेख गरे। उनले अपांगता भएका व्यक्तिहरूको हक, अधिकार र सम्मानित जीवनयापन सुनिश्चित गर्न एमाले निरन्तर प्रयासरत रहेको बताए।

सन्देशमा ओलीले भनेका छन्, “अपांगता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापनका लागि व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँचयुक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा नेकपा एमाले गम्भीर छ।”

अपांगता भएका व्यक्तिहरूका सबै क्षेत्रका आवश्यकता र अधिकार समेटेर नीतिगत तथा संरचनागत सुधार गर्दै जाने एमालेको दाबी छ। अध्यक्ष ओलीले अपांगता भएका नागरिकलाई राज्यका हरेक सेवा, सुविधा र अवसरमा सहज पहुँच सुनिश्चित गर्न सबै तहका सरकार र सरोकारवालालाई जिम्मेवारीपूर्वक अघि बढ्न पनि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश