नेपालको रोमाञ्चक जित, यूएईलाई १ रनले पराजित गर्दै सुपर सिक्समा विजयी सुरुवात

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन २६, २०८२

विराटनगर – ओमानको अल अमरात क्रिकेट मैदानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले यूएईलाई रोमाञ्चक तरिकाले पराजित गरेको छ। नेपालले अन्तिम ओभरमा नाटकीय जीत दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल तयार पार्‍यो। नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ४ चौका र १ छक्कासहित ५१ रनको अर्धशतक पूरा गरे। कुशल भुर्तेलले २६ बलमा २८ रन र कप्तान रोहित पौडेलले १९ बलमा २० रनको योगदान दिए।

१४१ रनको लक्ष्य पछ्याउन उत्रिएको यूएईले खेललाई अन्तिम ओभरसम्म रोमाञ्चक बनायो। तर अन्तिम ओभरमा नेपालका स्टार बलर दीपेन्द्रसिंह ऐरीले शानदार बलिङ गर्दै तीन विकेट झारेपछि यूएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै सीमित भयो।

दीपेन्द्रको निर्णायक बलिङ र नेपालका बलरहरूको सन्तुलित प्रदर्शनका कारण नेपालले एक रनको ऐतिहासिक जित दर्ता गर्न सफल भयो। यो जितसँगै नेपालले सुपर सिक्स चरणमा विजयी सुरुवात गर्दै आगामी खेलका लागि आत्मविश्वास बलियो बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश