मन्त्रिपरिषद् बैठक आइतबार, जेनजी मागबारे हुने छलफल

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन १२, २०८२

विराटनगर – नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आइतबार दिउँसो ३ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुने कार्यालय स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार बैठकमा हालै उत्कट बनेको जेनजी आन्दोलनका मागबारे छलफल हुने छ। विशेषगरी ‘जेनजी डेडिकेटेट क्लिनिक’ स्थापना गर्ने विषयमा निर्णय हुने सम्भावना रहेको बताइएको छ। यस्ता क्लिनिक काठमाडौं बाहिरका केही अस्पतालमा पनि तोकिने तयारी भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। बैठकमा यस विषयलाई कार्यान्वयन गर्ने ठोस योजना र अस्पताल चयनबारे छलफल हुने जनाइएको छ।

यसअघि सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरिसकेको छ। सोही आन्दोलनको बलमा भदौ २७ गते सुशीला कार्की अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री बनेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश