सल्यानमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन १२, २०८२

विराटनगर । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ निवासी अन्दाजी २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ। पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको प्रमाणपत्रका आधारमा गरिएको हो भने शशीधर केसीको सनाखत गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेका हुन्।

दुर्घटनामा सोही गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन्। उनीहरूका टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते दुवैजनालाई सुरुमा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना बिहान करिब ४ बजे भएको हो। लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बाफिकोटबाट दाङको घोराहीतर्फ जाँदै गर्दा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। प्रहरीका अनुसार गाडीमा तीन पुरुष र दुई महिला गरी पाँच जना सवार थिए।

दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल बहादुर वलीको नेतृत्वमा ट्राफिकसहित सात जना प्रहरी टोली खटिएको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक बीरेन्द्रराज गुरुङको कमाण्डमा थप ९ जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनास्थल प्रहरी चौकी कपुरकोटबाट करिब ६ किलोमिटर दक्षिण र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्वमा पर्छ। घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश