पूर्वराजा ज्ञानेन्द्रद्वारा राष्ट्रनिर्माणको आह्वान : “अब बिगार्ने होइन, सपार्ने बेला हो”

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन १२, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा राष्ट्रलाई समर्पित सन्देश दिँदै नेपाललाई भूराजनीतिक चक्रव्यूहमा नफसी आत्मनिर्भर र अखण्ड राष्ट्रका रूपमा पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत् शाहले हालको संवेदनशील राष्ट्रिय परिदृश्यमा युवा पुस्ताको आकांक्षा र इच्छालाई राज्य व्यवस्थाले गम्भीरतापूर्वक समेट्नुपर्ने आवश्यकता औंल्याए। “अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्छ,” भन्दै उनले विगतका कमजोरीहरू सुधारेर समुन्नत नेपालको बाटोमा लाग्न सबैलाई आग्रह गरे।   

“कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी, आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ,” पूर्वराजा शाहको सन्देशमा उल्लेख छ।

उनले जनमनोभावनाको सम्मान गर्दै समयानुकूल सुधारसहितको राज्य व्यवस्था विकास गर्नु अपरिहार्य भएको बताए। उनले भने, “नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ ।”

पूर्वराजाले देशको समृद्धिको लागि युवाहरूको देशभक्तिपूर्ण भावना, ऊर्जाशक्ति र नवीन सोचको महत्त्व पनि जोड दिए। “हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं,” भन्दै उनले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ अभ्यासलाई अन्त्य गर्दै अब मुलुक बनाउने अभियानमा लाग्नुपर्ने बताए।

पूर्वराजाको यो सन्देश हालको अस्थिरता र व्यापक असन्तोषबीच आएको हो, जसले राजनीतिक वृत्तमा पनि नयाँ बहसको सुरुवात गराउन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश