विराटनगरमा बेवारिसे कारबाट ५३८ किलो गाँजा बरामद, चालक फरार

Logo
जय कामत प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

विराटनगर — मोरङको विराटनगरमा बिहीबार राति एउटा बेवारिसे अवस्थामा फेला परेको कारबाट ५ सय ३८ किलोग्राम गाँजा बरामद गरिएको छ। विराटनगर महानगरपालिका–८ स्थित यादव चोकदेखि भातीगछतर्फ जाने सडक किनारमा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार शंकास्पद रूपमा फेला परेको थियो।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार राति करिब १०ः१५ बजेतिर उक्त कार फेला परेको हो। सुरुवाती जाँचका क्रममा कारलाई नियन्त्रणमा लिएर तलासी लिँदा भित्र गाँजा लोड गरिएको पाइएको हो।

प्रहरी टोलीले कारभित्र १५ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको थियो। बोराहरू खोल्दा कुल ५ सय ३८ किलो तौल भएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहितको कार फेला परे पनि चालक भने घटनास्थलबाट फरार रहेका छन्। प्रहरीले चालकलाई देखेपछि कार छाडेर भागेको हुन सक्ने अनुमान गरेको छ। फरार चालकको खोजी तीव्र पारिएको र घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको एसपी चिमरियाले जानकारी दिए।

हालसम्म उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने विषयमा पुष्टि हुन सकेको छैन। तर, भारततर्फ तस्करी गर्ने उद्देश्यले ल्याइएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीले कार र गाँजा दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश