सामाजिक सञ्जाल प्रतिबन्ध र विशेषाधिकारविरुद्ध युवाहरूको आन्दोलन

Logo
जय कामत प्रकाशित सोमबार, भाद्र २३, २०८२

विराटनगर — भ्रष्टाचार, विशेषाधिकार र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएका छन्। सोमबार बिहानदेखि उनीहरू माइतीघरमा भेला भई विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

कलेज ड्रेसमा आएका युवाहरूले “नेता होइन, जनता पहिलो”, “समानता चाहिन्छ”, “सञ्चार स्वतन्त्रता हाम्रो अधिकार” जस्ता नारासहित प्रदर्शन गरेका थिए।

हालै टिकटक र रेडिटमा भाइरल बनेको ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीबारे तीव्र आलोचना भइरहेको छ। सोही सन्दर्भलाई अघि बढाउँदै युवाहरूले भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबीच बढेको आर्थिक असमानता र अन्यायमाथि प्रश्न उठाएका छन्।

उनीहरूले सामाजिक सञ्जालमा मात्र नभई सडकमै उत्रिएर आन्दोलन थालेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले यो आन्दोलन दमन होइन, लोकतान्त्रिक अधिकारको माग भएको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश