

विराटनगर –नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय विराटचोकले आफ्ना सदस्यका परिवारलाई बीमा तथा ग्राहक संरक्षण कोष अन्तर्गत राहत रकम प्रदान गरेको छ।
केराबारी गाउँपालिका–९, देबीझोडा निवासी धनकुमारी थापाका श्रीमानको निधन र सुन्दरहरैंचा नगरपालिका–८ निवासी रेणुका रोगुको ससुराको असामयिक निधन भएकोमा संस्थाले राहत रकम हस्तान्तरण गरेको हो।
शाखा प्रमुख भिम प्रसाद आचार्यको उपस्थितिमा आयोजित कार्यक्रममा धनकुमारी थापालाई रु.१० हजार र रेणुका रोगुलाई रु.५ हजार नगद हस्तान्तरण गरिएको थियो। कार्यक्रममा केन्द्रका सदस्य, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण केन्द्र बैठक सञ्चालन गर्दै आएका कर्मचारी यम कुमार कामतले गरेका थिए। संस्थाले आपतकालीन अवस्थामा सदस्यलाई सहयोग पुर्याउने उद्देश्यले बीमा तथा ग्राहक संरक्षण कोष सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।
स्थानिय र सहभागी सदस्यहरूले संस्थाले विपत्को घडीमा देखाएको संवेदनशीलता र सहानुभूतिपूर्ण कदमप्रति आभार व्यक्त गरेका थिए।