एमालेको विधान महाधिवेशन सकियो, ओलीलाई तेस्रो कार्यकालको बाटो खुला

Logo
जय कामत प्रकाशित सोमबार, भाद्र २३, २०८२

विराटनगर — नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आइतबार साँझ सकिएको छ। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई अझ बलियो बनाउँदै तेस्रो कार्यकालका लागि बाटो खुला गरेको छ।

विधान संशोधनमार्फत ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाइएको छ, जसले ओलीको नेतृत्वलाई निरन्तरता दिने संकेत गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

महाधिवेशनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः प्रवेशको विषय चर्चामा आए पनि अन्ततः अध्यक्ष ओलीले सो विषयलाई बहसको एजेन्डा बन्न दिएनन्। यद्यपि १० वटै समूहगत छलफलमा भण्डारीको पक्षमा आवाज उठेको थियो।

महाधिवेशन हलमा कर्ण थापाले फरक मत प्रस्तुत गर्न खोज्दा अनुमति नदिएको भन्दै आलोचना पनि भएको छ। थापाले ७० वर्षे सीमा, कार्यकालको प्रतिबन्ध र भण्डारीको पार्टी प्रवेश विषयमा फरक मत दर्ता गरेका थिए।

प्रतिनिधिहरूको सहभागिता, बहस र सुझावबीच समापन भए पनि, अन्ततः ओली नेतृत्वमा पार्टी एकढिक्का देखिएको छ। पार्टीले अब पूर्वराष्ट्रपति भण्डारीको विषयमा संवाद र छलफलमार्फत टुंगो लगाउने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश