भीपीएन प्रयोग नगर्न संचार मन्त्रालयको आग्रह, दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा निष्क्रिय

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र २२, २०८२

विराटनगर — संचार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आम प्रयोगकर्तालाई आग्रह गरेको छ। बिहीबार मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जालहरू नेपालभित्र बन्द गर्ने निर्णय गरेसँगै भीपीएनको प्रयोगमा वृद्धि भएपछि आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सूचीकरण प्रक्रियामा नआएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गरिसकिएको छ। तर, भीपीएनको प्रयोगमार्फत तिनको पहुँच अझै देखिन थालेपछि सावधानी अपनाउन प्रयोगकर्ताहरूलाई अनुरोध गरिएको छ।”

मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार सात दिनको समय दिँदै सामाजिक सञ्जालहरूलाई सूचीकरणमा आउन सार्वजनिक आह्वान गरेको थियो। तर, तोकिएको म्यादभित्र धेरैजसो सञ्जालले प्रतिक्रिया नदिएपछि सरकारको निर्णयअनुसार तिनीहरूलाई ब्लक गरिएको जनाइएको छ।

विज्ञप्तिमा ‘हाम्रो पात्रो’‘ग्लोबल डायरी’ मात्र सूचीकृत भइसकेको उल्लेख गरिएको छ। यता, सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) ले सूचीकरणका लागि आवश्यक विवरण माग गरेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग गर्दा नेपालको प्रचलित कानूनको पालना गर्न, भीपीएनमार्फत कानुनविपरीत सेवा प्रयोग नगर्न र साइबर सुरक्षालाई ख्याल गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश