प्रधानमन्त्री ओलीको आरोप: “जेनजी पुस्ताको नाममा समाज भड्काउने प्रयास”

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र २२, २०८२

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको नाममा समाजमा अस्थिरता फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन्। आइतबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा बढ्दो बेथिति र हेपाहा प्रवृत्तिको विरोधमा सधैं अग्रसर रहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीले राष्ट्रियता कुनै क्षणिक भावना नभई बलिदान र संघर्षबाट स्थापित मूल्य भएको उल्लेख गरे। उनले भने, “राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता हुँदैन। देशलाई हेप्ने प्रवृत्तिहरू सह्य छैनन्।”

उनको भनाइमा अनुसार, अहिलेका केही बुद्धिजीवीहरू स्वतन्त्र चिन्तन नगरी समाजलाई भ्रममा पार्ने प्रयासमा छन्। “आफूलाई ठूलो ठान्ने कतिपयले जेनजी पुस्ताको नाममा समाजलाई गलत दिशामा लैजान खोजिरहेका छन्,” ओलीले आरोप लगाए। यद्यपि, उनले जेनजी पुस्ता देशप्रेमी भएको उल्लेख गर्दै त्यो पुस्ता देशलाई माया गर्ने बाटोमै रहेको धारणा व्यक्त गरे।

सामाजिक सञ्जालसम्बन्धी नियमनको सन्दर्भमा उनले सामाजिक सञ्जालको विपक्षमा नभए पनि नेपालमा व्यवसाय गरेर लाभ उठाउने तर देशको कानुन नमानेका प्रवृत्तिहरू स्वीकार्य नहुने बताए। “अहिले चार जनाको रोजगारीभन्दा देशको स्वाधीनता ठूलो हो,” भन्दै प्रधानमन्त्री ओलीले स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेको नीति असमानता घटाउँदै विभेद अन्त्य गर्ने भएको उल्लेख गरे। ‘मिसन ८४’ अन्तर्गत आगामी निर्वाचनका लागि जनताको विश्वास जित्न छलफलसहित बनाइएका नीतिहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश