एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज पनि जारी

Logo
जय कामत प्रकाशित शनिबार, भाद्र २१, २०८२

विराटनगर — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुरु गरेको दोस्रो विधान महाधिवेशन आज दोस्रो दिन पनि जारी छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा हिजो बाँकी रहेका प्रतिवेदन प्रस्तुत भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

आजको सत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आफ्ना–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै प्रतिनिधिहरुलाई १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी गरिएको छ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेस गर्नुभएको थियो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरका दुई हजार २६ जना प्रतिनिधि र आयोजकसहित कुल दुई हजार ३४१ जना सहभागी भएका छन्। महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश