झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, ६०० भन्दा बढी कैदीबन्दी प्रभावित

Logo
जय कामत प्रकाशित शनिबार, भाद्र २१, २०८२

विराटनगर – सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा संक्रमितको संख्या ६ सय नाघेको छ । बिहीबारसम्म ३५३ जना बिरामी देखिएकाेमा शुक्रबार दिउँसोसम्म यो संख्या बढेको कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिएका छन् ।

मन्त्री राईका अनुसार कैदीबन्दीमा उच्च ज्वरो, खोकी, बान्ता, टाउको दुखाइ, रिंगटा लाग्ने तथा जिउ दुख्ने जस्ता लक्षण देखिएका छन् । हालसम्म ५ सय जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १५७ जनामा डेंगु परीक्षण गर्दा १ जना पोजेटिभ भेटिएका छन् । ३० जनामा कोरोना परीक्षण गरिएको तर रिपोर्ट नेगेटिभ आएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना र विराटनगरको नोबेल अस्पतालमा १ जनाको उपचार भइरहेको छ । धरानमा उपचाररत मानबहादुर राईलाई जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ भने भीमबहादुर आङ्दाम्बेलाई पक्षघात भएर आईसीयूमा राखिएको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री राईले दीर्घरोगी कैदीबन्दीलाई छुट्टै राख्ने, सबैको स्वास्थ्य परीक्षण गर्ने र कारागारमा खानेपानीको गुणस्तर जाँच गर्ने निर्देशन दिएका छन् । उनले यो घटनालाई गम्भीर रूपमा लिएर थप सतर्कता अपनाउन आग्रह गरे ।

यसैबीच, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले द्रुत प्रतिक्रिया टोली (आरआरटी) कारागारमा परिचालन गरेको छ । टोलीले स्थलगत अवलोकन, उपचार र स्क्रिनिङ गरेको छ । स्क्रिनिङमा अधिकांश कैदीबन्दीमा ‘एन्जाइटी’ देखिएको प्रतिष्ठानले जनाएको छ ।

गत एक सातादेखि ३ कैदीबन्दीको मृत्यु भइसकेको छ भने नमुना परीक्षणको विस्तृत रिपोर्ट आइतबारसम्म आउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश