

विराटनगर — मोरङको बेलबारी नगरपालिका–३ नयाँ मालपोत छेउमा मंगलबार बिहान टेम्पो दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
को १ ह ५८८२ नम्बरको टेम्पो सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार बसले साइड नदिँदा नियन्त्रण गुमाएर टेम्पो पल्टिएको हो।
दुर्घटनापछि घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।